दफा
मूल ऐनको दफा ४मा संशोधनः

४. मूल ऐनको दफा ४मा संशोधनःमूल ऐनको दफा ४को,–

(१)उपदफा २ को,–

(क)खण्ड (क) झिकिएको छ ।

(ख)खण्ड (च) को सट्टा देहायको खण्ड (च) राखिएकोछः–
“(च)नेपाली नागरिक संस्थापकभएमा नागरिकताको प्रमाणपत्रवा राष्ट्रिय परिचयपत्रको प्रतिलिपी र कुनै कम्पनी संस्थापकभएमा त्यस्तो कम्पनीको संस्थापनाकोप्रमाणपत्रको प्रमाणित प्रतिलिपी, कम्पनी संस्थापना सम्बन्धी प्रमुख लिखत तथा कम्पनी संस्थापना गर्ने सम्बन्धमा कम्पनीको निर्णयको प्रमाणित प्रतिलिपी,”(ग) खण्ड (छ)को सट्टा देहायको खण्ड (छ) राखिएको छः–

“(छ)विदेशी नागरीक संस्थापकभएमानिजको राहदानी वानिज कुन मुलुकको नागरिक हो त्यस्तो प्रमाणित गर्ने लिखतको प्रमाणित प्रतिलिपी र विदेशी कम्पनी संस्थापकभएमा सो कम्पनी संस्थापनाको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, कम्पनी संस्थापना सम्बन्धी प्रमुख लिखत तथा नेपालमा कम्पनी संस्थापना गर्ने सम्बन्धमा विदेशी कम्पनीको निर्णयको प्रमाणित प्रतिलिपी।”(घ)खण्ड (ज) को सट्टा देहायको खण्ड (ज) राखिएको छः–

“(ज)नेपाल सरकारसँग भएको सम्झौता वा नेपाल सरकारको अनुमति बमोजिम कुनै अन्तर्राष्ट्रिय संस्था वा निकाय संस्थापकहुने भएमा त्यस्तो संस्थाको संस्थापनाकोलिखत,सम्झौता वा अनुमतिको प्रतिलिपी र नेपालमा लगानी गर्ने सम्बन्धी त्यस्तो संस्था वा निकायको निर्णय,”(ङ)खण्ड (झ) झिकिएको छ ।

(च)खण्ड (झ) पछि देहायको खण्ड (ञ) थपिएको छः–“(ञ) कम्पनी संस्थापना गर्ने व्यक्ति वा संगठित संस्था कानून बमोजिम कालो सूचीमा नपरेको र अघिल्लो आर्थिक वर्षसम्म कानून बमोजिम चुक्ता गर्नुपर्ने कर बाँकी नरहेको र यस ऐन बमोजिम जरीवाना रकम तिर्न बाँकी नरहेको लिखित उदघोषण,”(२)उपदफा (३) को सट्टा देहायको उपदफा (३) राखिएको छः–“(३) उपदफा (२) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएका भए तापनि एकल शेयरधनी भएको कम्पनी वा सर्वसम्मत सम्झौता नभएको अन्य कुनै प्राइभेट कम्पनी संस्थापना गर्न चाहने व्यक्तिले तोकिएको ढाँचाको नियमावली स्वीकार गर्न मञ्जुर गरी देहायको विवरण खुलाई तोकिएको ढाँचामा कम्पनी दर्ता गर्न निवेदन दिन सक्नेछः(क)कम्पनीको नाम (ख)कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहने ठेगाना(ग)कम्पनीले कार्यान्वयन गर्ने उद्देश्य(घ)कम्पनीको अधिकृत र चुक्तापुँजी(ङ)कम्पनीकोसाधारण सभा गर्ने वा नगर्ने सो विषय(च)कम्पनीकोसंस्थापक र संचालकको नाम”(३)उपदफा (३) पछि देहायको उपदफा (४) थपिएको छः–“(४) उपदफा (३) बमोजिमको निवेदन माग भए बमोजिम कम्पनीदर्ता भएमा त्यसरी स्वीकार गरिएको नियमावली त्यस्तो कम्पनीको नियमावली हुनेछ ।”